प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाभारतका पात्र अभिमन्यूलाई झैं चक्रव्युहमा पारिएको बताएका छन्। अविश्वास प्रस्तावमा उठेका प्रश्नको जवाफ दिन संसदमा सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले द्वापर युगमा महाभारतमा कलिलो बालक अभिमन्यूको हत्या गर्न रचिएको चक्रब्युह जस्तै अहिले चक्रव्युह रचिएको बताए।
उनले अहिलेको अविश्वासको प्रस्ताव २०५२ सालमा मनमोहन अधिकारीललाई आएको अविश्वासको प्रस्ताव झै आएको बताए।