प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारविरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ आइतबार दिने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओली तीन बजेपछि संसद भवन वानेश्वर जानेछन्। उनले संसदलाई सम्बोधन समय निश्चित भइसकेको छैन।
अहिले अविश्वास प्रस्तावमाथि सांसदहरुले आफ्नो धारणा राखिरहेका छन्। सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि बैठक केहीबेर स्थगित भएर पुनः बस्नेछ।