नेपाली कांग्रेसका नेता रामशरण महतले केपी ओली नेतृत्वको सरकार आफ्नै बोझले ढलेको बताएका छन्।
अविश्वासको प्रस्तावमा भएको छलफलमा बोल्दै नेता महतले आफूले यो सरकार बनेपछि सरकार आफ्नै बोझले ढल्ने बताएको स्मरण गर्दै आज त्यो सत्य सावित भएको बताए।
उनले संसदमा आफ्ना साथीहरुले छाडेर गइसके र आफू अल्पमतमा परेपछि प्रधानमन्त्रीले तुरुन्तै राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग खोल्दा प्रधानमन्त्रीलाई पनि राम्रो हुने बताए।