नेकपा माओवादी केन्द्रले सरकारले संसदमा प्रस्तुत गरेका आर्थिक विधेयक लगायत तीन वटा विधयेकको विपक्षमा मतदान गर्ने बताएको छ। संसदमा बोल्दै माओवादीका केन्द्रका नेता कृष्णबहादुर महराले र अविश्वास पश्चात अल्पमतमा परेको सरकारको विधेयकभन्दा पहिलो प्राथमिकता अविश्वासको हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि सरकारमा रहेको राजनीतिक रुपमा अल्पमतमा परेको दल सहमत नभएको बताए।
'यो विधेयक पेश गर्ने सहमतिमा बदलिएको स्थितिमा सरकारमा नरहेको अवस्थामा हामीले समर्थन फिर्ता गरी प्रतिपक्षमा रहँदै अविश्वास प्रस्ताव पेश गरेकाले आर्थिक विधेयकदेखि राष्ट्र ऋण तथा जमानत विधेयकको विपक्षमा मत दिने निर्णय गरेका छौं' महराले भने ‘हामीले यो विधेयकको विषयमा छलफलमा भाग लिनुको अर्थ नभएको भन्दै यस विधेयकले समाजवाद उन्मुख आर्थिक कार्यक्रम पनि छैन करको दायरा बढाएर अर्थतन्त्र बलियो बनाउने कुनै कार्यक्रम पनि छैन र कर उठाउयने कुनै संयन्त्र नै छैन।’
उनले पार्टी यही सरकारमा छँदा बजेट र विधेयक तय भए पनि हामीले असार २८ गते सरकारबाट फिर्ता हुँदै २९ गते सरकारप्रति अविश्वास प्रस्ताव दर्ता भएको गरेकाले बजेटको विपक्षमा मतदान गर्ने बताए।