एक वर्षभित्र बाग्मती नदी ढलमुक्त हुने भएको छ।। नदीका दुवै किनारमा ढल सञ्चालन गरिएपछि अब नदीको पानी प्रदुषण हुनबाट रोकिने भएको छ। गोरखापत्र दैनिकमा समाचार छ।
गोकर्णदेखि बल्खु पुलसम्म ढल सञ्चालनमा आएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। बल्खु पुलदेखि सुन्दरीघाटसम्मको क्षेत्रमा आगामी एक वर्षमा ढल राख्ने काम सम्पन्न गरिने भएको छ।
बाग्मती ढल सुधार आयोजनाका उपप्रमुख योगेन्द्र चित्राकारले भने,‘बल्खु पुलदेखि सुन्दरीघाटसम्म हामीले आउने सालको साउनसम्मका सक्छौं, त्यसपछि बाग्मती पूर्ण रुपमा ढलमुक्त हुनेछ।’
नदीका दुवै किनारामा हालसम्म ४० किलोमिटर ढल विछ्याइएको छ। बौद्ध, जोरपाटी हुँदै पशुपति क्षेत्रसम्म बाग्मती ढलमुक्त छ।