नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव पारित हुन बाँकी रहेकाले नयाँ सरकार कसरी र कुन स्वरुपको गठन हुन्छ भन्ने कुरा टुंगो नभएको बताएका छन्।
बुधबार पार्टी मुख्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य नरबहादुर पाख्रिनसहितका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने क्रममा नयाँ सरकार कसरी र कुन स्वरुपको गठन हुन्छ भन्ने कुरा अहिले नै टुंगो भइनसकेको उनले बताए।
माओवादी र नेपाली काँग्रेसबीच माओवादीको नेतृत्वमा नयाँ सरकार गठनको सहमति भएको भनिएकामा दाहालले अविश्वासको प्रस्तावमाथि छलफल गर्न नै बाँकि रहेकाले कसको नेतृत्वमा सरकार बन्छ भन्ने निश्चित नरहेको बताएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो नेतृत्वमा सरकार बने भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणलाई प्राथमिकता दिने बताए। उनले पुनर्निमाणको काम अहिले कछुवाको गतिमा मात्र भएका कारण भुकम्प प्रभावितहरुले कष्ट झेल्नुपरेको बताए। माओवादी केन्द्रले दोलखा, रामेछाप, काभ्रे, काठमाडौ लगायतका जिल्लाबाट विभिन्न पार्टी परित्याग गरेर ५ सय भन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा आएको दाबी गरेको छ।
भिडियो