शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय त्रिनगर विओपी कैलालीले अवैध रुपमा नेपाल ल्याउदै गरेको लत्ताकपडा र इलेक्ट्रोनिक्सका समानहरु पक्राउ गरेको छ।
सोमबार राति साढे ८ बजे धनगढी उपमहानगरपालिका वडा नं. २ कटानमा भारतीय नाका हुँदै नेपाल समान ल्याउन लागेको सूचना पाएपछि गएको टोलीले उक्त समान बरामद गरेको विओपी त्रिनगरका प्रमुख प्रहरी निरीक्षक गोविन्द बहादुर सिंहले जानकारी दिए।
प्रहरी देख्नासाथ तस्करहरु भागेको बताउँदै शसस्त्र प्रहरी निरिक्षक सिंहले साडी, धोती, म्याक्सि, टावेल, सुट लगायत करिब ३ लाख ७६ हजार रुपैया बराबरको समान बरामद गरिएको बताए।
त्यस्तै सोमबार नै भजनी त्रिशक्ति नगरपालिका वडा नं. ७ मा अवैध रुपमा ग्यारेजमा थन्काएर राखेको अवस्थामा ३ थान मोटरसाईकल समेत नियन्त्रण लिइएको शसस्त्र प्रहरी निरीक्षक सिंहले जानकारी दिए।
नियन्त्रमा लिईएका मोटरसाईकमा पल्सर १ थान र बुलेट बाईक २ थान रहेका छन्। मोटरसाईकलको करिब ४ लाख रुपैयामा मुल्य राखेर आवश्यक कारवाहीका लागि आजै भन्सार कार्यालय कैलालीलाई बुझाउने सिंहले बताए।
पछिल्लो पटक कैलालीमा विभिन्न नाका प्रयोग गरेर चोरीका मोटरसाईकल, सिमेन्ट सरिया, हार्डवेयरका समान, गाडीका टायरहरुको व्यापक मात्रामा तस्करी भैरहेपनि प्रहरीले भने त्यतातिर खासै ध्यान दिन सकेको छैन।