केदारेश्वर महादेवमणि सेवाश्रम समिति बोलबमधाम, बैदाम, पोखराले हरेक वर्ष साउन महिनाको सोमबार पोखरामा आयोजना गर्दै आएको बोलबम कार्यक्रम भजन कृतनका साथ भक्तजनको उल्लेख सहभागिता जनाएका छन्।
साउनमा भगवान शिवको आराधना गर्दै ज्योर्तिलिङ्गमा गंगाजल र बेलपत्रजस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
बगरस्थित सेतीनदीको गाईघाटबाट पवित्र जल उठाइ गाईघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाम केदारेश्वर मन्दिरको १०८ शिवलिङ्गमा जलार्पण गर्ने भक्तजन भजन कृतनका साथ आएका थिए।
‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका शिवको ज्योतिर्लिङ्गमा जल बेलपत्र, गाईको दुध चाउने गर्दछन्।
भजनबाटै शिवको महिमा सुनाउँदै थिए । शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संजोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको आयोजकको दावी छ । भगवान शिवले सृष्टिपालना तथा सम्भारमा अष्ठमूर्ति स्वरुपधारणा गरेको वर्ण शिवपुराणमा उल्लेख रहेको र साधकले आफ्नो साधना प्राप्ति गर्न पनि अष्ठसिद्धि गर्नुपर्ने बताइन्छ। कतिपय विदेशी समेत गाईघाटमा जललिन पुगेका थिए ।
पोखरामा गाईघाटबाट जललिई केदारेश्वमन्दिर, विध्यवासीको शिव मन्दिर र अन्य शिवमन्दिरहरुमा जल चढाउनेको घुइँचो छ। सेती नदिमा जललिन जानेलाई नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन्।
केदारेश्वमा ठूलो मात्रामा भक्तजन आउने हुँदा विभिन्न संघ संस्थाले पानी र प्रसादको समेत व्यवस्था गरेका छन्। साउनमा भगवान शिवको आराधना गर्र्दै ज्योर्तिलिङ्गमा गंगाजल र बेलपत्रजस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।