पाल्पाको डेढगाउँ–७ तिरन्दीकी एक महिला श्रीमानको मृत्यु भएपछि बेपत्ता भएकी छिन्।
डेढगाउँ गाविस कार्यालयका पूर्व कार्यालय सहयोगी दलवीर नेपालीको गत असार १ गते मृत्यु भएपछि मानसिक रुपमा विचलित भएकी ६३ वर्षीया धनमाया नेपाली गत सोमबारदेखि बेपत्ता रहेको छोरी देवी परियारले बताइन्।
असार २७ गते दिउँसो १ बजे घरबाट निस्कनुभएकी धनमायाको खोजीका लागि परिवार, आफन्त, गाउँले र प्रहरीले खोजी कार्य गरिरहेका छन्।
उनी हरियो टिसर्ट, हरियो कालो लुङ्गी, निलो पटुका र पहेँलो सल ओडेकी, अन्दाजी पाँच फिट उचाइ र गहुँगोरो अनुहारकी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ। रासस