नपाली काँग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेर बहादुर देउवालाई सरकारको नेतृत्व गर्न आग्रह गरे पनि त्यो ढिला भैसकेको बताए। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै लेखकले भने, ‘अब धेरै ढिला भैसक्यो, हामी धेरै अगाडि बढिसक्यौं।’
नेता लेखकले थपे,‘काँग्रेसले प्रधानमन्त्री बन्न पाईन्छ भनेर विकल्प खोजेको होईन, ओली नेतृत्वको सरकारले राष्ट्रिय एजेण्डा बोक्न नसकेको कारण विकल्प खोज्न बाध्य भएका हौं।’
उनले ओली सरकारकै कारण बजारमा चरम महँगी बढेको, कालोबजारी र भ्रष्टाचार मौलाएको भन्दै उनको विकल्प खोजेको तर्क गरे ।
वर्तमान सरकारले आफ्नै सत्ता साझेदार दललाई समेत चित्त नबुझाएको कारण सरकार अल्पमतमा परेको उनको दाबी छ । उनले भने,‘आफ्नै सहकर्मीलाई चित्तः बुझाउन नसक्ने अनि हामीले गजब गरेका छौं भनेर भाषणमात्रै गरेर हुन्छ ?’