सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रका सबैभन्दा बढी ९२ वटा उजुरी परेका छन्।
तथ्याङ्कअनुसार चालु वर्षमा शिक्षापछि सङ्घीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका २६÷२६ उजुरी परेका छन्। सबैभन्दा कम अर्थ, सूचना तथा सञ्चार र कृषि विकास क्षेत्रका एक ÷एक उजुरी परेको जनाइएको छ।
सुदूरपश्चिममा अख्तियारको कार्यालय स्थापना भएपछि हालसम्म जम्मा एक हजार ३६६ उजुरी परेकामा यीमध्ये ८६३ उजुरी पछ्र्यौट भएको र ४२५ उजुरी अनुसन्धानका क्रममा रहेका छन्। चालु वर्षमा ५०० भन्दा बढी उजुरी परेकामा ८० उजुरीको विस्तृत एवम् गहन अध्ययन भइरहेको कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय, दीपायलका प्रमुख मित्रलाल रेग्मीले जानकारी दिए।
प्रवक्ता विष्णुसिंह बिष्टले भ्रष्टाचार न्यूनीकरणका लागि थुप्रै प्रयास भइरहेको भए पनि उजुरीको सङ्ख्यामा कमी आउन नसकिरहेको बताए।रासस