सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का गएको छ। बिहीबार ५ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको हो। परकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । यो गएको वर्ष गोरखा केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
बिहीबार नै २ बजेर ४४ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको थियो।