निमोनियाबाट सिकिस्त भएर ओम अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइलालाको स्वास्थ्य स्थिति गम्भीर तर स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्कले जनाएका छन्।
‘शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर छ तर, सुधारोन्मुख देखिएको छ,’ अस्पतालका डाक्टर हरिकिशोर श्रेष्ठले भने,‘उहाँको इसिजी, पिसाब र बिपी अहिले नर्मल छ। स्थिति गम्भीर र स्थिर छ।’
निरन्तर खोकी लागेर स्वास फेर्न गारो भएकाले गएराति उनलाई अस्पताल भर्ना गरिएको थियो। त्यतिखेर उनको बिपी ११०/७०थियो। त्यसपछि घटेर ६०/४० आइपुगेको उनको ब्लडप्रेसर अहिले ९०/६० को स्थितिमा छ। उनको पिसाब नर्मल छ। घन्टाको ५० मिलिमिटर पिसाइ भइरहेको श्रेष्ठले बताए।
उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार गराइरहेको छ। भेन्टिलेटनरको तापक्रक अहिले ९६ छ।
भगवान कोइलाला, अर्जुन कार्कीसहितको चिकित्कको प्रत्यक्ष निगरानीमा रहेका कोइरालालाई तत्काल बाहिर लैजाने कुनै कार्यक्रम नरहेको श्रेष्ठले बताए।
स्वास्थ्य गम्भीर रहेकाले विदेश लैजाने तयारी गरिएपनि चिकित्सकहरुले भने तत्काल बाहिर लैजाँदा खतरा हुने भन्दै थप उपचारका लागि विदेश लैजान स्वास्थ्यमा केही सुधार आवश्यक रहेको वताएको कांग्रेस नेता दिलेन्द्र बडुले बताए।
बडुका अनुसार कोइरालाको स्वास्थ्यमा सुधार नआउँदासम्म विमानस्थलसम्म लैजान तत्काल सम्भव नरहेको भन्दै चिकित्सकहरुले खतरामुक्त भएपछिमात्रै त्यसको तयारी थाल्न सुझाव दिएका छन्।
एक्कासी वान्ता भएपछि मंगलबार साँझनै कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो।
बडुका अनुसार हिजोसाँझ अस्पताल भर्ना भएपछि कोइरालाको स्वास्थ्यमा केही सुधार आएको थियो। तर बिहान ४ बजे फेरि वान्ता भएपछि स्वास्थ्यमा फेरि समस्या देखिएपछि बुधवार बिहानैबाट भेन्टिलेटरमा राखिएको हो।
अस्पताल भर्ना भएपछि बुधवार बिहान ४ बजेतिर फेरि वान्ता भएपछि उनलाई भेन्टिलेटरमा राखेर डा. लब जोशी नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ।