राप्रपा नेपालबाट अलग भइ राप्रपा नेपाल समानान्तर गठन गरेका नेताहरु आपसमा मिल्न नसकेपछि एकीकृत राप्रपा निर्माण अभियानमा लागेका छन् ।
राप्रपा नेपाल समानान्तरमा विवाद् भएपछि त्यसमा लागेका श्याम तिमिल्सिना लगायतका नेताहरु राप्रपा नेपालले निष्कासन गरेका केशरबहादुर विष्टले सुरु गरेको अभियानमा लागेका हुन्। समय समयमा पूर्व पञ्चहरुको भेला गर्दै आएका विष्टले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर राप्रपा नेपाल समानान्तरका नेताहरु अभियानमा आएसँगै अभियानमा नयाँ आयाम थपिएको बताए।
पार्टीले समानुपातिक सभासद् नचुनेको विरोधमा अढाइ वर्षपहिले श्याम तिमिल्सिना लगायतका नेताले राप्रपा नेपाल समानान्तर गठन गरेका थिए। तर त्यो समूहमा अध्यक्ष गणेश शेरचनसँग मत बाझिएपछि तिमिल्सिना केही कार्यकर्तासहित आइतबारबाट विष्टको अभियानमा लागेका हुन्।