पूर्वसांसद मंगलसिद्धी मानन्धरको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आइतबारको बैठक आधा घन्टाका लागि स्थगित भएको छ।
आज ११ बजे बसेको व्यवस्थापिका संसदको बैठकले शोक प्रस्ताव पारित गरेको छ।
एमालेको तर्फबाट २०५६ सालमा काठमाडौंबाट संसदको सदस्यमा निर्वाचित तथा ६४ सालको संविधान सभा निर्वाचनमा सोही दलबाट संविधानसभा सदस्य बनेका मानन्धरको गत शुक्रबार उपचारको क्रममा निधन भएको थियो।
७५ वर्षीय मानन्धर संघीय समाजवादी फोरममा प्रवेश गरेका थिए।
मानन्धरको निधनमा संसदले शोक प्रस्ताव पारित गरेपछि सभामुख ओनसरी घर्तिमगरले आजको बैठक आधा घण्टाका लागि स्थगित गरेकी छन्।