नेपाल क्रिकेट संघकी सिइओ भावना घिमिरेले आफ्नो पदबाट राजीनामा दिएकी छन्। क्यानले कुनै पनि गतिविधि गर्न सक्ने अवस्थामा नरहेको भन्दै आफुले राजीनामा दिएको बताएकी छन्।
'अबको सातवर्ष भित्रमा टेष्ट खेलका लागि नेपाललाई तयार गर्नुपर्ने मुख्यकाम थियो त्यसका लागि क्यानले केही गर्न सकेन,' उनले भनिन्,'क्यान विवाद छँदैछ अदलतले पनि समयमा निर्णय नदिएपछि हामीले काम गर्न सक्ने अवस्था रहेन त्यसैले पनि मैले यो निर्णय लिएँ।'
घिमिरेले रमेश सिलवाल नेतृत्वको तदर्थ समितिलाई राजिनामा बुझाएकी हुन्। सिलवालले नै आफुलाई पाँचवर्षका लागि सिइओमा नियुक्ति करार दिएकाले उनैलाई बुझाएको उनले बताइन्।
साउन २९ र ३० मा नेदरल्याण्डमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप तयारी पनि भवानीलाई नै दिएकाे थियो।