ललितपुर गोदावरीस्थित पुष्पाञ्जली सेकेन्डरी बोर्डिङ स्कुलको भित्ता भत्किदाँ २ जनाको ज्यान जानुका साथै १९ जना विद्यार्थी घाइते भएका छन्।
स्कुलको पर्खाललाई माथिबाट खसेको अर्को पर्खालले थिच्दा घटना भएको हो। घटनामा परी घाइते भएका चार जना विद्यार्थीलाई आइसियुमा राखेर उपचार भइरहेको छ।
मृत्यु हुनेमा कृपा राई (वर्ष ९) र अन्जना पुन मगर (वर्ष १०) रहेका ललितपुरका प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले बताए।
‘गोदावरीको बाडेगाउँमा जग्गा प्लटिङ गर्नेले लगाएको पर्खाल भत्केर त्यसले पुष्पाञ्जलि स्कुलको पर्खाललाई धक्का दिएछ र स्कुलको पर्खाल पनि भत्कन पुगेछ,’ घटनास्थलमै रहेका प्रजिअ शर्माले सेतोपाटीसँग भने।
विद्यार्थीको ज्यान जोखिममा पर्ने भन्दै जग्गा प्लटिङ गर्नेलाई पर्खाल नलगाउन बारम्बार आग्रह गरेको थियो । तर जग्गा प्लटिङ गर्नेले स्कुलको आग्रहलाई बेवास्ता गर्दै डेढ महिना अघि मात्र जबर्जस्ती पर्खाल लगाएको स्कुलकी प्रधानाध्यापिका पुमीकान्ति वज्राचार्यले भनिन्।
भूकम्पले क्षतिग्रस्त विद्यालय भवनमा अस्थायी टहरा बनाएर पठन पाठन हुँदै आएको थियो।
बिहान १० बजे पठनपाठन शुरु भएको समयमा एक्कासी ठूलो आवाजसहित पर्खाल भत्किएपछि विद्यार्थीमाथि बज्रिएको थियो।
हेर्नुहोस घाइते विद्यार्थीको विवरण