ब्राजिलियन खेलाडी नेमारमाथि धेरै क्लबको नजर छ। बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका स्टार खेलाडी नेमारलाई भित्र्याउन धेरै क्लबले इच्छा पनि देखाइरहेका छन्।
नेमारलाई क्लबमा भित्र्याउन महंगो रकम खर्चिन फ्रान्सेली क्लब पीएसजी र म्यानचेष्टर युनाइटेड क्लब तयार छन्। तर, पीएसजी र म्यानचेष्टर युनाइटेडले क्लबमा भित्र्याउने प्रयास गरिरहेका बेला नेमारले भने बार्सिलोनामै रहने स्पष्ट पारेका छन्।
२४ वर्षीय खेलाडी नेमारले आफ्नो ट्वीटरमा लेखेका छन्,‘म बार्सिलोनामा मै खुशी छु र यही रहन्छु।’ नेमारसँग बार्सिलोनाले छिट्टै नयाँ सम्झौता गर्ने क्लबका अध्यक्ष जोसेप मारियाले बताएका छन्।
बार्सिलोनाको नेमारसँगको सम्झौता २०१८ जुनसम्मका लागि भएपनि थप केही वर्षका लागि करार थप हुने गरी नयाँ सम्झौता हुन लागेको हो।