करेन्ट लागेर दाङमा एक जना युवकको मृत्यु भएको छ भने अर्का एकजना बालक घाइते भएका छन्। धनौरी गाविस– ५, का २० वर्षिय रेशम पुनको करेन्ट लागेर मृत्यु भएको हो भने सोही ठाउँका १२ वर्षिय सुवास खड्का घाइते भएका छन्। घाइतेको दायाँ हातमा घाउ लागेको छ।
घाइते खड्काको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ। चुडिएको तार मर्मतका लागि पोलमा चढेका पुनलाई करेन्ट लाग्दा पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी धिरजप्रताप सिंहले बताए। तर मृतकका आफन्तले विद्युत प्राधिकरण प्रतिनिधि पुगेपछि मात्रै शव उठाउने भनेपछि शव उठाउन ढिलाई भएको छ।