चीनमा ‘सेक्स एजुकेशन’को एउटा कितावलाई लिएर विवाद भएको छ। कितावमा विवाह अघि शारीरिक सम्बन्ध राख्ने केटीलाई ‘वाहियात’ भनिएको छ।
चीनको सामाजिक वेबसाइट वीबोमा उक्त कितावलाई लिएर विवाद भएको हो। हाई स्कुल सेक्स एजुकेशन पुस्तकमा लेखिएको छ कि–‘विवाह हुनअघि शारीरिक सम्बन्ध राख्ने केटीप्रति धेरै नकारात्मक मनोवैज्ञानिक र शारीरिक प्रभाव पर्छ।’
किताब २००४ मा पहिलो पटक छपिएको थियो। तर, हालै एक शिक्षकले उक्त कितावमा लेखिएको कुरा सामाजिक सञ्जाल वीबोमा पोस्ट गरेपछि विवाद सुरु भएको बीबीसीले उल्लेख गरेको छ।
उक्त कुरालाई लिएर चीनमा धेरै मानिसहरुले टिकाटिप्पणी गरेका छन्।
किताबमा भनिएको छ,'केटीहरुले आफ्नो शरीर केटाहरुलाई सुम्पेर माया पाउँदैनन्, बरु केटाहरु सामू उनीहरुको महत्व घट्छ। यसको परिणाम यो शारीरिक सम्बन्ध राख्ने केटीहरुले आफ्ना प्रेमी गुमाउँछन्।'
किताब प्रकाशकले सरकारी अखबार ग्बोबल टाइम्ससँग भनेका छन् कि जुन शब्द राखिएको छ, त्यो अपमानजनक छैन। बरु ‘विकृत’ जस्ता शब्दहरुलाई कोटअनकोट गरेर समावेश गरिएको छ।