भोजपुरको पश्चिमी सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर एकै परिवारका पाँचजना बिरामी परेका छन्।
बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका छन्।
बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरु सिकिस्त बिरामी परेका थिए। बिरामी भएपश्चात् उनीहरुलाई छिमेकीले जिल्ला अस्पताल भोजपुर ल्याएका थिए।
साबित्राको स्वास्थ्यमा केही सुधार नभएपछि जिल्ला अस्पताल भोजपुरले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
छोराछोरीहरु भने उपचारपछि घर फर्किएका छन्। रासस