कतारस्थित नेपाली दूतावासको छाप किर्ते गर्ने २ जना म्यानपावर संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।
दूतावासको छाप र दस्तखत किर्ते गरेको अभियोगमा अमिदावा बुद्ध म्यानपनवर प्रालिका संचालक सहबहादुर राना र नेत्रबहादुर पुनलाई पक्राउ गरिएको एसपी सहकुल थापाले जानकारी दिए।
उनीहरु दुवै म्याग्दी देवीस्थान ६ का हुन् । उनीहरुले कतारस्थित स्टील को ट्रेडिङ कन्ट्रक्सनमा कामदार पठाउन भनि कम्पनीको डिमान्ट लेटरमा दूतावासको छाप र दस्तखत किर्ते गरेको उनले बताए।