भूकम्पपीडितको राहत तथा तथा पुनर्स्थापनाको विषयमा आफूसँग परामर्श नगरी प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न नदिने कांग्रेसले अडानका कारण संसद बैठक ढिलाइ भएको छ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले बिहीबारको सदन अबरोध गरे लगत्तै शुक्रबार ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बोल्ने तयारीमा नयाँ वानेश्वरस्थित संसद भवन पुगेका थिए।
मिन विश्वकर्माका अनुसार कांग्रेसले अपेक्षा गरेअनुसार जवाफ आए मात्र प्रधानमन्त्रीलाई बोल्न दिने भएको छ।
‘प्रधानमन्त्री ओलीज्यू बोल्ने तयारीका साथ आएर सभामुखसँग समय माग गर्दा कांग्रेसले आफूसँग पहिले परामर्श नगरी बोल्न नदिने अडान लिएपछि बैठक ढिलाइ भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए।
दुई दलका नेताबीच विवाद बढेपछि अहिले कांग्रेसका सभापति शेरबहादुर देउवासहितका केही नेता र कानुन मन्त्री अग्नीप्रसाद खरेल लगायतका नेताहरु प्रधानमन्त्रीको कार्यकक्षमा छलफल गरिरहेका छन्।