साथीको हत्या गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ।
दाङ घोराही १० का अर्जुन सुनारको हत्या गरेको अभियोगमा घोराहीका सुशिल चौधरी र प्रकाश सुनारलाई पक्राउ गरिएको एसपी धिरजप्रताप सिंहले जानकारी दिए।
उनीहरुले गत असार ६ गते जंगलमा मनकामना सामुदायिक बनमा लगेर सुनारको हत्या गरेका थिए। प्रहरीले सडेगलेको अवस्थामा शव बरामद गरेको थियो।