प्रधानमन्त्री केपी शर्मा ओली अफगानिस्तानको राजधानी काबुलमा गत आइतबार आत्मघाती आक्रमणमा मारिएका नेपालीहरूको शव बुझ्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गएका छन्। केहीबेर अघि संसद भवनबाट उनी विमानस्थलका लागि बाहिरिएका हुन्।
दुःखदायी घटना हुँदा सरकार प्रमुखहरूले देखिने गरी सहानुभूति जनाउने परम्परा अनुसार प्रधानमन्त्री आफैं उपस्थित भएर प्रधानमन्त्रीले मृतक र घाइतेका परिवारप्रति सहानुभूति देखाउने भएका छन्।
१२ नेपालीको शव नेपाल वायु सेवा निगमको विमानबाट बुधबार दिउँसो काठमाडौं ल्याइँदैछ। काबुलबाट दिउसो २:३० बजे शव बोकेको जहाज काठमाडौं आइपुग्ने बताइएको छ। नेवानिको आए २४४२ एयरबस बिहान साढे ३ बजे काबुलका लागि उडेको थियो।