अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ। । पत्रकार सुबेल भण्डारीका अनुसार मृत्यु भएका नेपालीहरु साब्रे सेक्युरिटी कम्पनीमा काम गर्थे। सो कम्पनीले ती नेपालीलाई क्यानडियन राजदूतावासमा सुरक्षा गर्न खटाएको थियो।
बिस्फोटमा अन्य ८ जना नेपाली घाइते भएका छन्।
जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको थियो। उनीहरु चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए। उनीहरुले क्याम्प जान सिभिलियन बस प्रयोग गरेका थिए। बसमा हतियार र सुरक्षाकर्मी थिएनन्। बस एकै समयमा दिनहुँ क्याम्पका लागि छुट्ने गथ्र्यो। आक्रमणकारी बस निस्कने बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ।
तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन्।
परराष्ट्र मन्त्रालयले घटनाका बारेमा विस्तृत विवरण अाइनसकेको बताएको छ। मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले अाफूले घटनाबारे बुझिरहेको र सबै विवरण अाउन समय लाग्ने बताए।