सुनको औंठी माइतीबाट दाइजो नल्याएपछि रौतहटमा एक युवतीलाई मानसिक सन्तुलन बिग्रिएको भन्दै घरबाट निकाला गरिएको छ। अन्नपूर्ण पोष्टमा समाचार छ।
बिवाह भएको तीन महिना नबित्दै पोखराज जडित सुनको औंठी नल्याएको भन्दै चन्द्रपुर नगरपालिका ४ घर भएका एक इन्जिनियरले श्रीमतीलाई घर निकाला गरेका हुन्।
भारतको बिहार राज्यका पूर्वी चम्पारण जिल्ला छौडादान गाउँका मनोज जयसवालकी २२ वर्षीया छोरी लवलीकुमारी जयसवालको गएको माघमा रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित अजय साहका २५ वर्षीय छोरा इन्जिनियर नवीन साहसँग मागी बिबाह भएको थियो।
बिवाहअघि भएको कबोलअनुसार लवलीका बाबुलाई केटा पक्षलाई काठमाडौंमा घडेरी किन्न १६ लाख नगदसमेत दिएका थिए ।