रोमानियाविरूद्ध अल्बानिया भिड्दै
फ्रान्समा जारी युरो कप २०१६ अन्तर्गत समूह एमा आयोज फ्रान्स र स्वीटजरल्याण्डबीच समूह विजेताको लागि भिडन्त हुँदैछ।
युरो कपमा समूह ए को शीर्ष टोली आयोजक फ्रान्स समूहको अन्तिम खेलमा स्वीजरल्याण्डसँग घरेलु मैदानमा उत्रदा उसको लक्ष्य समूह विजेता बन्ने हुनेछ। दुवै खेलमा अपराजित रहेको फ्रान्स ६ अंकसहित अंक तालिकाको शीर्षमा रहँदा एक खेलमा विजय र एक खेलमा बराबरी खेलेको स्वीजरल्याण्ड ४ अंकका साथ उसलाई पन्छाईरहेको छ।
आईतबार हुने खेलमा जुन टीम विजयी भयो त्यो समूह चरणको विजेता बन्दै प्रि-क्वाटरफाईनलमा पुग्नेछ। फ्रान्स यस अघिनै दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने स्वीजरल्याण्डले फ्रान्ससँग बराबरी खेले मात्र दोस्रो चरणमा प्रवेश पाउने छ।
स्वीजरल्याण्डले आफ्ना महत्वपूर्ण मिडफिल्डर भालोनलाई घुँडाको चोटका कारण बेञ्चमा राख्नुपर्ने बाध्यता छ भने पावल पोग्वालाई सुरूवात देखि नै टिममा समावेश गराएर फ्रान्स मैदानमा उत्रने निश्चित छ। यस अघिको अल्बानियासँगको खेलमा उनलाई खेलको मध्यमा मात्र मैदान प्रबेश दिईएको थियो। मैदान प्रवेशको केही मिनेटमै उनले दिएको सुन्दर क्रस फिल्ड पासमा डिमिट्री पायेटले दोस्रो गोल गरेका थिए।
स्विस टिमले पहिलो खेलमा अल्बानियालाई १–० ले हराएको थियो। त्यसपछि उसले रोमानियासँग १–१ को बराबरी खेलेको थियो।
हेड टु हेड
फ्रान्स र स्वीजरल्याण्ड आईतबार ३८ औं पटक आमनेसामने हुँदैछन्। दुवै टोलीले यस अघि खेलेका ३७ खेलमा फ्रान्सले १६ र स्वीजरल्याण्डले १२ खेल जितेको छ भने ९ खेल बराबरीमा सकिएको छ। यी दुवै टोली एकै समूहमा भएको यो चौथो पटक हो। यस अघि यिनीहरु युरो २००४ तथा २००६ र २०१४ को विश्वकपमा एउटै समूहमा थिए।
हाल युरो कप खेलिरहेको २४ राष्ट्र मध्ये फ्रान्स मात्र एउटा टीम हो जसले आफ्ना २०१६ मा भएका सवै खेल जितेको छ। २०१६ मा हालसम्म खेलेका ६ खेलमा फ्रान्सले पराजय भोग्नु परेको छैन। यस वर्षको अपराजित यात्रा कायम राख्न फ्रान्स स्वीजरल्याण्ड माथि जितको खोजीमा हुनेछ ।
के भन्छन प्रशिक्षक?
फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले आफूहरूको उद्धेश्य समूह विजेता बन्नु रहेको बताउँदै त्यसका लागि फ्रान्स तयार रहेको प्रतिक्रिया दिएका छन्।
स्वीजरल्याण्डका प्रशिक्षक भ्लादिमिर पेत्कोभिचले विश्वकप २०१४ मा फ्रान्ससँग ५-२ गोल अन्तरले पराजित भएको सम्झदै भनेका छन, ‘हामी विगतलाई सम्झिएर हाम्रो उर्जा खेर फालिरहेका छैनौं र हामी बदलाको भावनामा पनि छैनौं। तर, हामी फ्रान्सलाई देखाउन चाहान्छौं कि हामी पनि फ्रान्स जतिकै फुटबल खेल्न सक्छौ।’
रोमानियाविरूद्ध अल्बानिया
त्यस्तै सोही समूहको पुछारमा रहेका अर्का दुई टोलीहरू रोमानिया र अल्बानियाबीच पनि आईतबार राति नै भिडन्त हुँदैछ।
आफ्ना पहिला दुई खेलमा स्वीजरल्याण्ड र फ्रान्ससँग पराजित अल्बानिया बिना कुनै अंक सवैभन्दा पुछारमा छ।
त्यस्तै अल्बानिया भन्दा एक स्थान मात्रै माथि रहेको रोमानियाले यस अघि फ्रान्ससँग २-० को हार र स्वीजरल्याण्डसँग १-१ को बराबरी खेलेको थियो। समूह चरणको अन्तिम खेल खेलिरहेका दुवैका लागि यो गर या मरको स्थिति हो।
हेड टु हेड
अल्बानिया र रोमानियाबीच हालसम्म १६ पटक आमनेसामने भइसकेको छ। जसमा अल्बानियाले १० मा हार ४ मा बराबरी र २ खेलमा हार बेहोर्नुपरेको छ। यीनीहरूबिचको यो खेल भने निकै प्रतिस्पर्धात्मक हुनेछ ।
ति मध्ये हालसम्म भएका प्रतिस्पर्धात्मक ८ खेलमा रोमानियाले ६ मा जित र २ खेलमा बराबरी खेलेको थियो।
महत्वपूर्ण खेलाडीहरू
रोमानियाः सिप्रिन टाटारूसानु, निकोलि स्टाएन्कु
अल्बानियाः ईन्ट्रिट बरिसा, टुलान्ट जाका