नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले छलफलबिना ल्याइएको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताएका छन्।
काँग्रेस नागार्जुन ३ नम्बर वडा कार्यसमितिले शनिवार काठमाडाैंमा गरेको कार्यक्रममा उनले सरकारले एकपक्षीय ढङ्गले तोकेको निर्वाचन तालिकाले निर्वाचन सम्भव नभएको बताएका हुन्।
उनले भने,‘सरकारले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षलाई बाहिर राखेर निर्वाचन तोकेको छ, यो हामीलाई मान्य छैन।’
नेता सिंहले सरकार सत्ता टिकाउनका लागि निर्वाचनको नारा दिएर मुलुकमा राजनीतिक सहमतिको बाधक बनेको बताउँदै सबैको सहमतिमा मिति तोक्न सरकारलाई आग्रह गरे। रासस