पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह शारीरिक अस्वस्थताका कारण अस्पताल भर्ना भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रचण्ड साँझ पौने ७ बजेतिर अस्पताल पुगेका हुन् ।
रत्न बिहीबार विहान नर्भिक अस्पताल भर्ना भएकी छिन्।
प्रचण्ड आउने तय भएपछि निर्मल निवासमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह पनि अस्पताल पुगेको स्रोतले जनायो।
अस्पतालमा प्रचण्डले पूर्वराजालाई भेटेर रत्नो स्वास्थ्य स्थितिबारे छलफल गरेको स्रोतले बतायो।
आन्द्रामा समस्या देखिएपछि रत्नलाई अस्पताल भर्ना गरिएको थियो। नर्भिक अस्पतालमा रत्नलाई बेडमै राखेर उपचार थालिएको छ।
यसैबीच, पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले भने दाहाल रत्नलाई भेट्न अाएकोबारे अाफूलाई जानकारी नभएको बताए। यद्यपि, पूर्वराजा भने नर्भिकमै रहेको जानकारी उनले दिए।
अस्पतालले भने दाहाल रत्नलाई नभई मातृका यादवलाई भेट्न अाएको दाबी गरेको छ। यादव नर्भिकको चाैथो तलामा उपचाररत छन्। रत्नलाई पाँचौं तलाको भीभीअाईपी उपचार कक्षमा राखिएको छ।