वीरगन्ज–१ स्थित बजार छपकैंया टोलमा छठ पर्व मनाउनका निम्ति घाटको शिलान्यास बुधबार सम्पन्न भएको छ।
स्थानीय वासिन्दाले आफ्नै पहलमा गठन गरेको ‘छठ घाट व्यवस्थापन समिति’ को प्रयासमा बन्दोबस्त भएको जग्गामा घाट निर्माण कार्य अघि बढेको हो।
पर्सा जिल्लाको १ नम्बर क्षेत्रबाट विजयी सांसद राजेन्द्रबहादुर अमात्यले कार्यक्रममा घाटको शिलान्यास गर्नुका साथै त्यस क्षेत्रमा वृक्षारोपणसमेत गरेका थिए। बस्तीकै छेउबाट बगेको सिर्सिया नदी किनारमा घाट तयार पार्न लागिएको हो।
कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष रविन्द्र महतोले आगामी छठ पर्व भित्रै पूजाका निम्ति घाट तयार भइसक्ने जानकारी दिएका थिए।
९ कठ्ठा २ धुरमा बन्न लागेको घाटको निर्माण सम्पन्न हुन करिब १ करोड लाग्ने अनुमान गरिएको छ।