गुडिरहेको मोटरसाइकलको पांग्रामा चुन्नी बेरिँदा एक महिलाको मृत्यु भएको छ।
गुल्मीको हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको लु ४ प ७८२६ नम्बरको मोटरसाइकलको पांग्रामा घाँटीमा रहेकाे चुन्नी बेरिँदा गुल्मी वाग्ला–२ की २७ वर्षीया कोपिला गिरीको मृत्यु भएको हो।
वस्तु–१, डुकुसीमा गिरीको घाँटीमा रहेकोे चुन्नी अचानक मोटरसाइकलको पांग्रामा बेरिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।
मोटरसाइकलसहित चालक सूर्यबहादुर दर्जीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ। गिरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।