काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पुर्याउने चारजनालार्इ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का २७ वर्षीय रमन परियार, पाँचखाल–३ का ३७ वर्षीय लालबहादुर विक, पनौती नगरपालिका–११ का ४३ वर्षीय श्याम श्रेष्ठ र नयाँगाउँ देउपुर–३ चमारसिंह तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेकपा माओवादीका जिल्लास्तरीय ती नेतालाई आगजनी मुद्दामा जिल्ला अदालत, धुलिखेलबाट म्याद थप गरी अनुसन्धान भइरेहको प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। उनीहरुलाई यही जेठ २९ गते राति एनसेल टावरमा क्षति पुर्याएको आरोप लगाइएको छ। रासस