युरो कप फुटबलमा आइसल्याण्डले पोर्चुगललाई बराबरीमा रोक्न सफल भएको छ।
गएराति भएको खेलमा आइसल्याण्डले पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको हो। खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो। खेलको ३१ औं मिनेटमा नानीले गोल गर्दै पोर्चुगललाई आग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० को अग्रता लिएको पोर्चुगलले अग्रता जोगाइराख्न भने सकेन। खेलको ५० औँ मिनेटमा आइसल्याण्डका लागि किर्किर बजार्नासनले गोल गर्दै खेल बराबरीमा ल्याए।
स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले केही राम्रा मौका पाएपनि गोल गर्न भने सकेनन्। रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले क्लब फुटबलमा राम्रो प्रदर्शन गर्दै आएपनि देशका लागि भने उनको प्रदर्शन औसतमात्रै छ।
रोनाल्डोले आइसल्याण्डविरुद्धको खेलमा विर्सन लायक प्रदर्शन गरे। रोनाल्डोले धेरै १० पटक भन्दा बढी पोस्टमा प्रहार गरेपनि गोल गर्न भने सकेनन्।
रोनाल्डोको ६ यार्ड टाढाबाट गरेको हेड प्रहारलाई आइसल्याण्डका गोल रक्षकले उत्कष्ट बचाउ गरेका थिए।