कञ्चनपुरको भीमदत्तनगरपालिका– १२ ओदालीका ६० वर्षीय छत्रबहादुर रानाको नहरमा डुबेर मृत्यु भएको छ ।
आज बिहान महाकाली सिँचाइको शाखा नहरमा रानाको शव देखा परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरीले रानाको शवलाई नहरबाट निकाली परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको छ ।
सधैँं मदिरा सेवन गर्ने गरेका रानाको नहरमा खसी डुबेर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ । रासस