भारतको बख्तर जेलमा रहेका बब्बु दुवेले गराएको ब्यापारी सुरेश केडियाको अपहरणमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य वीरेन्द्र यादवसहित ५ जनाले सहयोग गरेको बारा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी यादवसहित चंचल पाण्डे, पुष्कर सिंह चधौर, जियालाल यादव र ब्रम्हपुरीलाई सार्वजनिक गरिएको डिएसपी विनोद शर्माले जानकारी दिए।
दुबेकै योजनामा केडियाको अपहरण भएको उनले बताए। १ महिनाअघि दुवेसँग वीरेन्द्र यादवको जेलमा नै भेट भएको र दुवेको योजनामा अपहरण भएको उनले सुनाए। दुवेको केडियाको अपहरण गर्न नेपाल तर्फ यादवलाए खटाएको अनुसन्धानबाट खुल्न आएको उनले बताए।
अपहरणमा संलग्न ४ जना भारतीय नागरिक भने भारतमा नै पक्राउ परिसकेका छन्।
केडियाको अपहरण हुने केहिदिनदेखि उनीहरुले रेकी गरेका थिए। केडियाको यही जेठ १३ गते साँझ अपहरण भएको भएको थियो । अपहरणपछि भारत पुर्याइएका केडियालाई प्रहरीले मोतिहारीबाट मुक्त गराएको थियो । केडिया अपहरण गर्ने क्रममा उनका चालक उमेश साहमाथि गोली प्रहार भएको थियो।