अफ्रिकी देश केन्यामा एक बाँदरले देशभरि तीन घन्टा बिजुली प्रसारण अवरुद्ध पारेको छ।
बिजुली उपलब्ध गराउने कम्पनी केनजेनले पावर स्टेशनको छानोमा गएको बाँदर ट्रान्सफर्मरमा खसेपछि बिजुली उत्पादन रोकिएको बताएको छ।
बाँदर मंगलबार गिटारू हाइड्रो पावर स्टेशनको ट्रान्सफर्मर खसेको थियो। सो पावर स्टेशनबाट १ सय ८० मेगावाट बिजुली उत्पादन हुन्थ्यो। ट्रान्सफर्मरमा खसेको बाँदरलाई भने केही नभएको र निकुञ्जका कर्मचारीले बाँदरलाई निकालेर लगेको समाचारमा जनाइएको छ।