दाङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
सिसहनीया-२ छोट्की सिसहनियामा हिजो साँझ परेको चट्याङ लागेर २७ बर्षीय श्यामदेव चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ।
लालमटिया-२ खुरुरियाको नहरबाट खेतमा सिंचाईको लागि पानी हेर्न गएका चौधरीको चट्याङले लागेर मृत्यु भएको प्रहरीले बताएको छ।