मध्य धादिङको नीलकण्ठ नगरपालिका-१० झगरेस्थित पञ्चकन्या प्राविका प्रध्यानाध्यापक रामप्रसाद रिजालसहित दुई जनालाई शिक्षक बिक्री गर्न लागेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
आफैले विद्यालयमा खेतालाका रुपमा राखेका दुई शिक्षकलाई विद्यालयका रिजाल र शिक्षक ध्रुव रिजालले सदरमुकाममा तलब खानका लागि बोलाएर बिक्री गर्न लान लागेको आरोप लगाई पीडितले उजुरी दिएपछि रिजालद्वयलाई सोमबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रअ रामप्रसादलाई जिल्ला सदरमुकाममा खेतालाका रुपमा राखिएका शिक्षकलाई तलब लिनका लागि बोलाएर चिया खान लगाई सो चियामा लठ्याइने विष हालेर खुवाउन जोड गरेको र ध्रुवलाई आफ्नो पसलमा बोलाएर चाँजोपाँजो मिलाएको आरोप लगाई पीडितले दिएको जाहेरीमा उल्लेख छ।
घटनाका सम्बन्धमा आरोपित शिक्षकले आफूहरुको बेचबिखनको कुनै नियत नरहेको बताएका छन् । रासस