१५ पटकको उपाधि विजेता उरुग्वेलाई पराजित गर्दै मेक्सिकोले कोपा अमेरिका फुटबलमा विजयी सुरुवात गरेको छ।
अमेरिकामा जारी प्रतियोगिता अन्तर्गत सोमबार बिहान एरिजोनामा खेलमा मेक्सिकोले १५ पटकको विजेता उरुग्वेलाई ३–१ गेल अन्तरले पराजित गरेको हो।
मेक्सिकोले खेलको चौथो मिनेटमै आत्मघाती गोलको उपहारबाट अग्रता लिएको थियो। उरुग्वेका अल्भारो परेराले आत्मघाती गोल गरेपछि मेक्सिकोले चौथो मिनेटमै अग्रता कायम गरेको हो।
पहिलो हाफमा एक सून्यले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा थप दुई गोल गर्यो। खेलको ७४ औं मिनेटमा डिएगो गोडिनले उरुग्वेका लागि गोल गर्दै खेल १–१ को बराबरी ल्याए।
तर खेलको ८५ औँ मिनेटमा मेक्सिकोका लागि मार्केज गोल गर्दै टोलीलाई २–१ अग्रता दिलाए। यस्तै इजुरी समयमा हरेराले गोल गर्दै मेक्सिकोलाई ३–१ को जित दिलाए।
पहिलो हाफको अन्तिम मिनेटमा माटिएर भेसिनो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उरुग्वे दोस्रो हाफ पुरै १० खेलाडीमा सीतिम भएको थियो।
यस्तै ७३ औं मिनेटमा एन्ड्रेस गुआर्डाडो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मेक्सिकोे पनि अन्तिम १७ मिनेट १० खेलाडीमै सीमित हुन पुगेको थियो।