वेष्टइन्डिजले तीन देश सम्मिलित सिरिजमा विजयी सुरूआत गरेको छ।
वेष्टइन्डिजमा भएको खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै वेष्टइन्डिजले अष्ट्रेलिया पनि सहभागी सिरिजमा विजयी सुरूआत गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा ८८ रनमा समेटिएको थियो।
वेष्टइण्डिजविरूद्धको खेलमा अफ्रिकाले सन् १९९२ पछि सबैभन्दा कम स्कोरमा समेटिएको यो पहिलो रेकर्ड हो।
दक्षिण अफ्रीकाको पारीलाई धारासायी बनाउने क्रममा वेष्ट इन्डिजका स्पिनर सुनील नारायण एक्लैले ६ विकेट लिए।
नारायणले वान डे करियरमै उत्कृष्ट प्रदर्शन गर्दै मात्र २७ रन खर्चिएर ६ जना ब्याट्मेनलाई पवेलियन फर्काए। यसअघि उनको नाममा २७ रन खर्चिएर ५ विकेट लिएको रेकर्ड थियो।
सुनील नारायणको उत्कृष्ट बलिङसँगै किरण पोलार्डको अर्धशतकीय पारीले वेस्टइण्डिज़ले अफ्रिकामाथि सहज जित हात पार्यो।