युरोकप फुटबलको आयोजक फ्रान्सले मैत्रीपूर्ण खेलमा स्कटल्याण्डलाई हराएको छ।
शनिबार राति भएको खेलमा फ्रान्सले स्कटल्याण्डलाई ३-० ले हराएको हो। फ्रान्सको जितका लागि ओलिभर जिरउडले दुई तथा लोरेन्ट कासिएल्नीले एक गोल गरे।
युरोकपमा समूह एमा रहेको फ्रान्सले पहिलो खेलमा आउँदो शुक्रबार रोमानियासँग खेल्ने छ।
शनिबार राति नै भएका अन्य खेलहरूमा जर्मनीले हंगेरी तथा नेदरल्याण्डसले अस्ट्रियालाई समान २–० र अस्ट्रेलियाले ग्रिसलाई १–० ले हराए।
इस्टोनिया र लात्भिया तथा स्लोभाकिया र नर्दन आएरल्याण्डले गोलरहित बराबरी खेले।