ट्यांकर चालकहरुले ललितपुरको गोदावरीस्थित लालकुण्डबाट फोहर पानी संकलन गर्न थालेपछि बाँडेगाउँ प्रहरीले त्यसमा रोक लगाएको छ।
स्थानीयले नुवाइ धुवाइ गरेको पानी, लेउ लागेको फोहर पानी पानी ट्यांकर चालकहरुले संकलन गरेर काठमाडौं तथा ललितपुरमा विक्री गर्न थालेपछि रोक लगाइएको प्रहरी निरीक्षक भुपेन्द्र श्रेष्ठले जानकारी दिए। पानी प्रशोधन नगरीकन सिधै लोड गर्न थालेपछि पानी भर्न रोक लगाइएको उनले बताए।
लालकुण्डको फोहर पानी पाटन अस्पताल र अन्य रेष्टुरेन्टहरुमा ल्याउने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। पानी भर्न रोक लगाएपछि ट्यांकर चालकहरुले अहिले प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रहरीलाइ दबाब दिइरहेका छन्।