भुवन केसीको फिल्म ‘डिम्स’को पाइरेसी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
भैरहवा १३ घर भई सानेपा ललितपुर बस्दै आएका २१ वर्षीय बिधान गुरुङ र भक्तुपर तचपालका २५ वर्षीय चन्द्र लबाजुलाई पक्राउ गरेको छ।
सुपर काजल फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ड्रिम्स केही समय अगाडि अवैधानिक रूपमा बाहिरिएपछि निर्माताले उजुरी गरेको थियो।
उजुरी माथि अनुसन्धान गर्दा टेक्निकल ईन्टेलिजेन्स र प्राविधिक तथ्यको आधारमा हाईलाईट्स नेपालमै कार्यरत दुई जनालाई बुधबार पक्राउ गरेको हो।
उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट कम्प्युटर CPU २ थान, मोवाईल थान र पेन ड्राइभ १-१ थान बरामद गरेको छ।