अध्यक्ष प्रचण्डले क्रान्ति क्रान्तिकारी कम्युनिष्टले मात्र गरेर होइन, आम जनताको सहभागिताद्वारा मात्र सम्भव भएको बताएका छन्।
३ नं. प्रदेशको भेला–प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो दशक फेरि नयाँ क्रान्तिको दशक बन्न सम्भव छ। अध्यक्षले यो एकता क्रान्ति र आन्दोलनका उपलब्धि र सिंगो राष्ट्र अप्ठेरोमा परेको र यसको सामना गर्ने अभियान भएको स्पष्ट गरे।
‘हामी विभाजित भएको जनताले मन पराएका थिएनन्। जनताले एउटा समूहलाई मात्र साथ दिने स्थिति थिएन। विगतमा गल्ती कहाँ कहाँ भएका थिए यसको वस्तुवादी समिक्षा हुन्छ। मैले पार्टी केन्द्रीय समितिको बैठकमा अफैं प्रति निर्मम भई आत्म समिक्षा गरेको थिएँ,’ प्रचण्डले भने, ‘भएका कमजारी मुख्य नेतृत्वको हिसावले जिम्मा लिँदै नेतृत्वबाट सच्चाउँदै अगाडि बढ्ने प्रण गरौं। विचारमा विकास गरेर अगाडि बढेपछि नमिलेका सबै कुरा ठीक हुन्छन्। नयाँ विचार, नयाँ रणनीति र कार्यनीतिको खोजीमा हामी एकतामा आएका छौं। यो एकता नेपाली क्रान्तिलाई पूर्णता दिँदै विश्व क्रान्तिलाई सेवा गर्ने उद्देश्यका साथ भएको छ।’