जङ्गलबाट टिपेर ल्याएको जङ्गली च्याउ खाँदा पाँचथरमा थप एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निसेस राई रहेका छन्। उनले गत जेठ १८ गते बेलुका जङ्गली च्याउ खाएका थिए।
जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकी धरानस्थिति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा लैजाँदै गर्दा गएराति बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
योसहित पाँचथरमा विषालु च्याउ खाई मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। गत जेठ १० गतेदेखि हाल सम्ममा आठ जनाको मृत्यु भइसकेको छ भने ९ जना बिरामी भएका छन्। रासस