नवौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) गए राति सकिएको छ। बैंलोरमा भएको फाइनलमा घरेलु टोली रोयल च्यालेन्जर्स बैंलोरलाई ८ रनले हराउँदै पहिलो पटक सदराइज हैदारावादले आईपिएल उपाधि जितेको छ।
यस वर्षको आइपिएल विजेता हैदारावादले ३० लाख अमेरिकी डलर पुरस्कार पाएको छ।
यस्तै उपविजेतामा सिमित बैंलोरले १५ लाख अमेरिकी डलर पुरस्कार पाएको छ।
यस्तै प्रतियोगिताको प्ले अफमा पुगेका गुजरात लायन्स र कोलकोत्ता नाइट राइडर्सले ९-९ लाख अमेरिकी डलर पाएका छन्।
यस्तै
- सर्वाधिक रन-विराट कोहली ९७३ (रोयल च्यालेन्जर्स बैंलोर)
- सर्वाधिक विकेट - भुवनेश्वर कुमार २३ ( सनराइज हैदारावाद)
- सर्वाधिक मूल्यवान प्लेयर- विराट कोहली ३५६.५ (रोयल च्यालेन्जर्स बैंलोर)
- सर्वाधिक छक्का- विराट कोहली ३८ (रोयल च्यालेन्जर्स बैंलोर)
- फेयर प्ले अवार्ड - सनराइज हैदारावाद
- सर्वाधिक इकोनोमी- मिसेल मार्सन- पुणे वारियर्स