नेपाली कांग्रेस दाङका नेता एवं महासमिति सदस्य केशव आचार्यले आफ्नी श्रीमतीको मृत्यु भएपछि १३ दिनसम्म कोरामा बसेका छन्। उनकी जीवन संगिनी सीता आचार्यको निधन पछि उनी १३ दिन सम्म कोरा बसेर विताएका हुन्। सीताको वैशाख ३० गते निधन भएको थियो। श्रीमतीको मृत्यु पछिका १३ दिन सम्म केशव आचार्य हेकुली ५ सलौरा स्थित आफ्नो घरमा किरिया बसेका हुन्।
उनकी एउटी छोरी सञ्चारकर्मी छिन् भने छोरा छैनन्। केशव आचार्यकी पत्नी सिताको निधनपछि केशवका दाजु/भाई किरिया बस्न खोजेका थिए। यस्तो अवस्थामा प्रायः दाजु वा भाइ नै किरिया बस्ने परम्परा छ। तर केशवले आफैं सिताको किरिया बस्छु भनेपछि दाजुभाइ चुप लागेका थिए। कांग्रेस नेता पत्नीको निधनमा काँग्रेस महामन्त्री डा. शशांक कोईराला समेत उपस्थित भएका थिए।
उनको निवासमा पुगेर कोइरालाले समवेदना व्यक्त गरेका थिए। आचार्यको निधन प्रति शोक व्यक्त गर्न जिल्लामा क्रियासिल सबै दलका प्रमुख र नेताहरु पुगेका थिए। मंगलवार भएको १३औं दिनको पुन्यतिथिमा काँग्रेसको जिल्ला नेतृत्वले सलौरामा पुगेर श्रद्धाञ्जी सभा गरेको थियो। भूमिगत राजनीति गर्दा गिरिजावाबु देखि काँग्रेसका अधिकाँश नेताहरु जिल्ला आएका बेला आचार्यकै घरमा बस्ने गरेका थिए।
यस्तै नेता आचार्यले ४५ दिन सम्म माछा, मासु, लसुन, प्याज इत्यादि नखाने बताएका छन्।