प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी दलले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी काँग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई आमन्त्रण गरेका छन्।
प्रधानमन्त्री ओलीले संविधान संशोधनको माग गरी आन्दोलन गर्दै आएका विभिन्न पक्षको माग सम्बोधन गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।
छलफल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान १०:३० बजे हुनेछ।
प्रधानमन्त्री ओलीले छलफलका लागि सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई आमन्त्रण गरेका छन्। छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालले जानकारी दिए।