श्रीलंका र थाइल्यान्डको अगुवाइमा राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा बुद्ध जयन्ती विशेष कार्यक्रम गरिएको छ । २५६० औं बुद्ध जयन्ती विशेष समारोहमा राष्ट्रसंघका महासचिव वान कि मुनदेखि विभिन्न मुलुकका स्थायी प्रतिनिधिको उपस्थिति थियो । कान्तिपुर दैनिकमा समाचार छ।
बुद्ध पूर्णिमालाई राष्ट्रसंघमा ‘भेषाख डे’ का रूपमा मनाउने रिजुलोसन सन् २००० मा नै पारित भएपछि मुख्यालयमा यस्तो विशेष कार्यक्रम हुँदै आएको छ ।
उक्त प्रस्ताव श्रीलंकाले लगेको थियो । सबै बौद्धधर्म मान्ने मुलुकले यसमा साथ दिएपछि राष्ट्रसंघमा यसले मान्यता पाएको हो । यो वर्षदेखि बुद्ध जयन्तीका दिनमा ऐच्छिक बिदासमेत पाइन्छ । बुद्धको सन्देशलाई राष्ट्रसंघले मनन गरेको भन्दै यसमा महत्त्व दिइएको हो ।